तालिम सम्पन्न

दैलेखः जिल्लाका ११ वटै स्थानीय तहमा रहेका विपद् फोकल पर्सन र जिल्लामा रहेका सुरक्षा निकायका प्रतिनिधिहरुलाई प्राथमिक उपचार तथा खोज उद्धार सम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ ।
बर्षायाम लगायत अन्य समयहरुमा हुने सबैखाले विपद्बाट नागरिकहरुलाई कसरी जोगाउन सकिन्छ र विपद्मा परेका नागरिकहरुको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने बारेमा तालिमको आयोजना गरिएको थियो ।
विपद्मा परेका मानिसहरुका लागि खोज, उद्धारसँगै प्राथमिक उपचारको बिषय महत्वपूर्ण हुने भएकोले ११ वटै पालिकाबाट एक एक जना प्रतिनिधि सशस्त्र प्रहरी, नेपाली सेना, जनपथ प्रहरी लगायतलाई संयुक्त रुपमा ४ दिने तालिमको आयोजना गरिएको हो ।
कर्णाली प्रदेश कानून मन्त्रालय, नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश र जिल्ला शाखा दैलेखको संयुक्त आयोजनामा गरिएको कार्यक्रम शनिवार सम्पन्न भएको जनाइएको छ ।
तालिमको समापन नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशका अध्यक्ष भेषराज थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार